आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

आइतबार, ०४ पुस २०७८, ०९ : १६
आइतबार, ०४ पुस २०७८

सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुई समूहबीच ​ झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप