कविता: सपना
शनिबार, २५ कात्तिक २०७४, ०९ : ४०
-हरि थापा
एउटा सानो सपना थियो
यसरी लटरम्मैँ फल्यो।।
त्यहि सपना उडाँउन लाई
आँधीवेरी,हुँरीवतास चल्यो।।
आँफु माथीको विश्वासले
आँफैलाई नराम्ररी छल्यो ।।
बहकिने भावनालाई कसले रोक्ने
अनयासमै,बन्न नपाई ढल्यो।।
चरम,पिडा माथी पिडा थपियो
भित्र भित्रै आँगो बल्यो ।।
बन्न कयोैँ समय लागेको थियो
अकल्पनिय,एकै छिनमा जल्यो।।
चटान जस्तै कडा थियो मन
कसैको प्रलोभनमा गल्यो ।।