सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘कमल थापाजी, तपाईंको पछिल्लो बोली, व्यवहार देखेर दुनियाँ हाँसिरहेको छ’

आइतबार, ०४ पुस २०७८, १२ : ३१
आइतबार, ०४ पुस २०७८

 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हामी इमान्दार कार्यकर्ता हौं । प्रजातन्त्रमा विश्वास राख्ने पार्टीका सदस्य हौं । हामी कुनै व्यक्तिभन्दा पनि राप्रपाले उठान गरेको राजसंस्था र हिन्दु राष्ट्रको मुद्दामा गोलवद्ध भएका हौं । त्यसकारण राप्रपा कसैको निजी पेवा हो भन्ने गलत सोँचको हामी प्रतिवाद गर्छौं । नेपाली समाज र राष्ट्र सँगसँगै विकसित राजनीतिक दर्शन र अभ्यास कसै पात्रले प्रतिपादन गरेको विचार हो भन्ने जस्ता हास्यास्पद, दिनमै रात पार्ने निकृष्ट सोच अस्वीकार गर्छौं ।
 
राप्रपा संस्था हो, बन्नु पर्दछ र यसैअनुरुप चलायमान रहनुपर्दछ । हालै सम्पन्न एकता महाधिवेशनको सन्देश र कार्यादेश पनि यही हो । केन्द्रीय सदस्यहरु विजयी भएको ठिक, पदाधिकारीहरु विजयी भएको ठिक । तर, म एक जना कमल थापाले अध्यक्ष पद हार्नु बेठिक भन्नु कुतर्क हुन्छ, राजनीतिक बेइमानी हुन्छ ।
 
राप्रपाका वरिष्ठ नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा रहेको निर्वाचन समितिले सम्पन्न गरेको महाधिवेशनको सम्पूर्ण प्रक्रिया र निर्वाचन ठिक, तर, म एक जनाले अध्यक्ष पद हार्नु वेठिक भन्नु गैरजिम्मेवारीको पराकाष्ठा हुन्छ । प्रजातन्त्र, पद्धति र नतिजा सदा आफू अनुकूल रहनुपर्छ भन्ने मान्यता त केवल हिटलरहरूले मात्र पाल्ने गर्छन् । राप्रपा त्यस्तो संस्था होइन । 

राप्रपा संस्था हो, बन्नु पर्दछ र यसैअनुरुप चलायमान रहनुपर्दछ । हालै सम्पन्न एकता महाधिवेशनको सन्देश र कार्यादेश पनि यही हो । केन्द्रीय सदस्यहरु विजयी भएको ठिक, पदाधिकारीहरु विजयी भएको ठिक । तर, म एक जना कमल थापाले अध्यक्ष पद हार्नु बेठिक भन्नु कुतर्क हुन्छ, राजनीतिक बेइमानी हुन्छ । 

राप्रपा संस्था हो, बन्नु पर्दछ र यसैअनुरुप चलायमान रहनुपर्दछ । हालै सम्पन्न एकता महाधिवेशनको सन्देश र कार्यादेश पनि यही हो । केन्द्रीय सदस्यहरु विजयी भएको ठिक, पदाधिकारीहरु विजयी भएको ठिक । तर, म एक जना कमल थापाले अध्यक्ष पद हार्नु बेठिक भन्नु कुतर्क हुन्छ, राजनीतिक बेइमानी हुन्छ ।


 यसैले, निर्वतमान अध्यक्ष कमल थापाबाट सार्वजनिक भएको विज्ञप्तिबारे मेरो धारणा यहाँ प्रस्तुत गरेको छु । कृपया मनन् गर्नुहोस्, प्रजातान्त्रिक संस्कार शून्यताले न तपाईंलाई फाइदा भएको छ, न त समग्र पार्टीलाई । तपाईंको पछिल्लो बोली र व्यवहार देखेर दुनियाँ हाँसिरहेका छन् । यसलाई बुँदागत रूपमा अझ प्रष्ट पार्न चाहन्छु । 
 
१. यो मुलुकको आधुनिक राजनीतिक इतिहासमा राजा र राजा वरिपरिको मानिसको कारणले निर्वासन, जेल, अवहेलना, सामाजिक, मानसिक र भौतिक यातना वीपी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले जति कसले व्यहोरेको छ ? आम रूपमा हेर्दा पञ्चायतकालदेखि निवर्तमान अध्यक्ष थापाको वैयक्तिक उत्कर्षका लागि राजा सधैं सकारात्मक थिए, होइन र ? त्यसको छलफल अपरिहार्य छैन र ?
 
२. जीवनपर्यन्त राजसंस्थाको पक्षमा स्वर्गीय नेताहरु वीपी, भट्टराई र सिंहले समर्थन गरेका छन्, राजसंस्थालाई ‘स्पेस’ दिनुपर्छ भनेका छन् । तिनले कुरा नबुझेर वा राजाले गर भनेर वा राजासँग डराएर गरेका हुन् र ? न कि नेपालको स्वतन्त्र अस्तित्वको लागि राजसंस्था अपरिहार्य छ भनेर ।
 
३. राप्रपाले नेपालमा राजसंस्थाको अपरिहार्यता कुनै अमुक व्यक्तिलाई हेरेर, अमुक व्यक्तिको व्यवहारलाई हेरेर ठानेको हो र ? राजासँग मतभेद थियो भने हिजोसम्म तमाम कार्यकर्ता र आमनेपालीलाई किन गुमराहमा राखेको ? सम्बन्ध सुमधुर छ भनेर ?
 
४. महाधिवेशन प्रतिनिधिको निर्णयलाई यो वा त्यो नाममा अवमूल्यन गर्नु प्रजातान्त्रिक संस्कार हो र ? महाधिवेशन प्रतिनिधिबाहेक अरू कोही मतदानमा सहभागी थिए र ?
 
५. महाधिवेशन अघि अध्यक्ष पदको प्रत्याशीको रूपमा तपाईं स्वयंले ‘राजाले मलाई अध्यक्ष हुनु भनेका छन्’ भनेको होइन र ? त्यसलाई चाहिँ हस्तक्षेप मान्ने कि नमान्ने ? निवर्तमान अध्यक्षज्यू, तपाईंको कार्यकालमा, तपाईंको कार्यशैली र कार्यनीतिप्रति फरक मत राख्नेहरू किन कोही पनि पार्टीमा अटाउन सकेनन् ? त्यो पनि आत्मसात गर्ने कि ?
 
६. मनमा केही कुरा थिए नै भने पनि नयाँ अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रममा सरिक हुनुपथ्र्यो । महाधिवेशन प्रतिनिधिहरूको निर्णयलाई स्वीकार गरी नयाँ कार्यसमितिलाई तन, मन र बचनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेर बरू पार्टीको स्वामित्व ग्रहण गरेको भए तपाईंको उचाई बढ्थ्यो, होइन र ? कमसेकम मैले त त्यो अपेक्षा गरेको थिएँ ।
 
७. मुखले जे जे भने पनि थापाले नै बोल भनेर बोल्ने र उपस्थित नहुनु भनेर पार्टीको औपचारिक कार्यक्रमहरूमा उपस्थित नहुनेहरूलाई कहाँबाट परिचालित भन्ने ?
 
८. जुनसुकै तह र विषयको मत भएपनि पार्टीको औपचारिक फोरममा मत जाहेर गर्नु नै पद्धतिसंगत हुन्छ । यो सर्वस्वीकार्य प्रजातान्त्रिक आचरण हो र मलाई लाग्छ यसका लागि अझै पनि समय छ । पार्टीपंक्ति स्पष्ट छ, प्रजातान्त्रिक पद्धति, निर्णय, मूल्यप्रति कुनै द्विविधा छैन ।
 
९. पार्टीको जिम्मेवार सदस्य भएर आफूलाई नियाल्नुहोस् । पार्टीले नयाँ उचाई लिन लागेको कार्यकर्ता र आम नेपालीबीच उत्साह सञ्चार हुँदै गरेको अवस्थालाई मनन् गर्नुहोस् । मेरो र आमकार्यकर्ताको हार्दिक अनुरोध छ । हामी हाम्रो निवर्तमान अध्यक्षप्रति सधैंझैं सम्मानभाव राख्न चाहन्छौ । निर्वाचनको स्वाभाविक परिणाम स्वीकार गर्न नसक्ने अप्रजातान्त्रिक रवैया, यहाँको व्यक्तिगत गल्ती कमजोरी नेपाली जनता र कार्यकर्तामाझ अझ उदांगो बन्दै छ । यो मजस्ता हजारौं कार्यकर्ताका लागि दुःखदायी बनिरहेको छ ।
 
१०. अन्त्यमा, प्रजातान्त्रिक पद्धति, निर्वाचनको नतिजा पूर्ण स्वीकार गर्नुहोस् । गीता छोएर खाएको कसम नभूल्नुहोस् । राप्रपाका लाखौं कार्यकर्ताले गीताको कसम भूल्ने कुनै गुञ्जाइस छँदै छैन ।
 
लेखक राप्रपाका केन्द्रीय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप