मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् ज्यापू दिवसको रौनक

आइतबार, ०४ पुस २०७८, १४ : ११
आइतबार, ०४ पुस २०७८

ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आइतबार काठमाडौँमा १८ औँ राष्ट्रिय ज्यापू दिवस मनाइएको छ । ज्यापू संस्कृतिको झलक दिने गरी बाजागाजा र पहिरनसहित र्‍यालीको आयोजना गरिएको छ ।

नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन सार्वजनिक विदा समेत दिँदै आएको छ । विक्रम संवत् २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप