बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं, ललितपुर र काभ्रेका १७ वटा औषधि पसललाई कारवाही

आइतबार, ०४ पुस २०७८, १७ : ३७
आइतबार, ०४ पुस २०७८

औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारवाही गरेको छ । दर्ता नभएका, औषधि बिक्रीको बिल भरपाई नभएका औषधि पसललाई विभागले कारवाही गरेको हो । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा ती औषधि पसललाई कारबाही गरेको हो । विभागले जारी गरेको सूचनामा उल्लेख भएअनुसार औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार काठमाडौं, ललितपुर र काभ्रेका विभिन्न औषधि पसललाई कारबाही गरिएको हो ।

विभागका अनुसार काभ्रेका स्माइल केयर फार्मेसी, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरीनरी सेन्टर, विराज औषधि पसल, कम्युनिटी वेलनेस सेन्टर प्रा.लि, स्याउला वास पास, दीर्घायु मेडिको फर्मा छन् । यी औषधि पसलमध्ये जनसेवा फार्मेसीलाई २१ दिन र अन्यलाई सात दिनका लागि निलम्बन गरिएको विभागले जनाएको छ ।

यस्तै, ललितपुरको दीपक फार्मेसीलाई ७ दिन र युजल फार्मेसीलाई २१ दिनका लागि निलम्बन गरिएको छ । यसैगरी काठमाडौंको राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, म्हसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी र सुखायु आयुर्वेदिक पनि ७ दिनका लागि निलम्बनमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप