सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डलरको मूल्य उच्च, अन्य देशको मुद्राको विनिमयदर कति ?

मङ्गलबार, ०६ पुस २०७८, ०८ : २३
मङ्गलबार, ०६ पुस २०७८

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।  

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ४४ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७३ पैसा र बिक्री दर १६० रुपैयाँ ५२ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०४ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ र बिक्री दर १९ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप