मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित तीन जना पक्राउ

मङ्गलबार, ०६ पुस २०७८, १० : ४१
मङ्गलबार, ०६ पुस २०७८

पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ । बरामद लागुऔषध, नगद रकम, मोबाइल, मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप