बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डा. नूतन शर्मा अब नर्भिकमा

मङ्गलबार, ०६ पुस २०७८, १३ : १७
मङ्गलबार, ०६ पुस २०७८

वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी विशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन् । करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन् । 

अल्का अस्पतालमा आफ्नै फर्टिलिटी सेन्टर समेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त गर्दै नर्भिकमै पूर्ण रुपमा सेवा सुरु गरेकी हुन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा संचालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा शुरु गरेको जानकारी दिइन । अल्काको आइभिएफ सेन्टर समेत डा. शर्माले नै सुरु गरेकी थिइन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप