बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अल्का अस्पतालले दुई आइभिएफ विज्ञ भित्र्यायो

मङ्गलबार, ०६ पुस २०७८, १७ : ३०
मङ्गलबार, ०६ पुस २०७८

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालद्वारा संचालित अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरमा २ जना विशेषज्ञहरुले सेवा सुरु गरेका छन् । आइभिएफ विशेषज्ञद्वय डाक्टर स्वेता सिंह र डाक्टर नेहा हुमागाइँले अल्कामा सेवा शुरु गरेका हुन्।
उनीहरु दुबै जना आइभिएफसम्बन्धि विशेषज्ञ हुन् । केयुबाट एमबीबीएस र एमडी गरेकी गुमागाइँ चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी डाक्टर हुन् । उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ। केयुबाट एमबीबीएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी छिन् । उनीहरु दुबैले वर्षे फेलोसिप गरेर नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन्।
अल्का अस्पतालले अहिले स्तरोन्नतिसँगै अल्का आइभिएफ सेवा सुरु गरेको छ। सुलभ दरमा अल्का अस्पतालले स्तरीय सेवा दिइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप