सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२६ वाणिज्य बैंकले गरे लाभांश घोषणा, नबिलले दियो सबैभन्दा धेरै

बुधबार, ०७ पुस २०७८, १६ : ५२
बुधबार, ०७ पुस २०७८

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यताप्राप्त कुल २७ वाणिज्य बैंकमध्ये २६ वटाले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सबैभन्दा बढी लाभांश वितरण गर्ने बैंक बनेको छ ‘नबिल’ । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई अधिकतम ३८ प्रतिशत लाभांश दिने भएको हो । बैंकले नाफापछिकोे चुक्ता पुँजीबाट ३३.६ प्रतिशत बोनस सेयर र चार.चार प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

नबिल बैंकले गत आर्थिक वर्षभित्र चार अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अन्य २५ वाणिज्य बैंकहरूले सेयरधनीलाई न्यूनतम ५.२६ प्रतिशतदेखि अधिकतम् २१.०५२६ प्रतिशतलसम्म लाभांश बाँड्दैछन् । 

कुन बैंकले कति दिँदैछन् लाभांश ?

हिमालयन बैंक

धैरै लाभांश वितरण गर्ने बैंकहरूमध्ये हिमालयन बैंक दोस्रो स्थानमा छ । बैंकले अधिकतम् २६ प्रतिशत लाभांश वितरण घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश दिने भएको हो । बैंकले गत आर्थिक वर्षमा कुल दुई अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ भित्र कुल तीन अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगदसहित कुल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा कुल दुई अर्ब २७ करोड ६४ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा कुल तीन अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्ष कुल तीन अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट १२.६११ प्रतिशत बोनस सेयर र तीन.३८९ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्ष कुल तीन अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले १२.९१३ बोनस तथा ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष कुल एक अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ लाभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्ष कुल तीन अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

एनएमबी बैंक

एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगदसहित १५.८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्ष कुल दुई अर्ब ७३ करोड ५ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल बङ्गलादेश बैंक

नेपाल बङ्गलादेश बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनी सदस्यहरूलाई १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्ष कुल दुई अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्ष कुल दुई अर्ब ८३ करोड ६१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै, बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद गरी कुल १४ प्रतिशत, माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस सेयर र ०.सात प्रतिशत नगदसहित १४ प्रतिशत, ग्लोबल आइएमई बैैंकले १० प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगदसहित १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी १३.० छ प्रतिशत, मेगा बैंकले १० प्रतिशत बोनस सेयर र २.०७ नगदसहित १२.०७ प्रतिशत, प्रभु बैंकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश दिने भएको छ ।

लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगद गरी ११.५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद गरी १०.३२ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी) ले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत गरी ८.४२ प्रतिशत, सनराइज बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगदसहित सात प्रतिशत, सेन्चुरी बैंकले ५.७५ प्रतिशत बोनस सेयर र ०.३ प्रतिशत नगद गरी ६.०५ प्रतिशत, नेपाल एसबीआई बैंकले तीन.पाँच प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी ५.३१ प्रतिशत र कुमारी बैैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ ।

सबैभन्दा कम लाभांश दिनेमा सिभिल बैंक

लाभांश घोषणा गर्ने २६ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम लाभांश सिभिल बैंकको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट जम्मा ५.२६ प्रतिशतमात्र लाभांश वितरण गर्ने जनाएको हो ।

बैंकले नाफापछिको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । गत आर्थिक वर्षमा बैंकले कुल ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कुल २७ वाणिज्य बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकले हालसम्म पनि गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरणको घोषणा गरेको छैन । घोषित लाभांश वितरण गर्ने बैंकहरूमध्ये कतिपयले राष्ट्र बैंकबाट स्वीकृति गराएर साधारणसभाबाट समेत पारित गराइसकेका छन् । केही बैंकको लाभांश पारित हुन बाँकी छ ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप