क्लासिक टेकले माग्यो ६६४ जना कर्मचारी
बिहीबार, ०८ पुस २०७८, १२ : ५८
इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले ६६४ जना कर्मचारी माग गरेको छ । कम्पनीले ब्राञ्च म्यानेजरसहितका पोष्टमा कर्मचारी माग गरेको छ । कम्पनीले देशभरका शाखा तथा काठमाडौं उपत्यका लक्षित कर्मचारी माग गरेको हो ।
ब्राञ्च म्यानेजरमा २८ जना, फ्रन्ट डेस्कमा ८० जना, डोर टू डोर सेल्सतर्फ २५० जना कर्मचारी माग गरिएको छ । यस्तै, २०० जना सेल्स एसोसिएसन, ६२ जना फाइबर सुपरभाइजर जस्ता पोष्टमा कर्मचारी माग गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरी, कल सेन्टरमा ४० जना, कर्पोरेट म्यानेजर २ जना, एचआर म्यानेजर २ जना मागेको हो ।