बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तामाङ लोकसाहित्यसम्बन्धी गोष्ठी सम्पन्न

सोमबार, १२ पुस २०७८, १४ : २४
सोमबार, १२ पुस २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग तथा साहित्य (मातृभाषा) विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा हालै ‘ताम्बा दर्शन, तामाङ भाषा एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार–गोष्ठीको आयोजना गरिएको छ । 

गोष्ठीमा क्रमशः ताम्बा दर्शनसम्बन्धी डा. अमृत योञ्जन, तामाङ मातृभाषासम्बन्धी अजितमान तामाङ र तामाङ लोकसाहित्यसम्बन्धी निष्णु थिङले गोष्ठीपत्र प्रस्तुत गरे ।  कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले अरुका भाषा तथा संस्कृतिलाई सम्मान गर्दै आफ्नो भाषा तथा संस्कृतिको संरक्षणमा सम्बन्धित सबै लागिपर्नु पर्नेमा जोड दिए । उनले ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोकसाहित्यमा तामाङ जाति विशिष्ट रहेको धारणा राखे । 

प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख प्राडा योगेन्द्रप्रसाद यादवले यादवले दर्शन, मातृभाषा तथा लोकसाहित्य कुनै पनि जाति÷समुदायको पहिचान भएको र त्यो लोप भए सभ्यता र ज्ञानको क्षेत्र नै लोप हुने हुनाले त्यसको संरक्षण र सम्बद्र्धनका लागि सम्बन्धित पक्ष सचेत हुनुपर्नेमा जोड दिए । उनले लोकसाहित्यलाई डिजिटल आर्काइभमा सुरक्षित गरिनुपर्ने बताए । 

प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीले आफ्नो मातृभाषा, संस्कृति तथा लोकसाहित्यको संरक्षण तथा सम्बद्र्धनका लागि घर घरमा सबैले अनिवार्य मातृभाषा बोल्नुपर्नेमा जोड दिइन् । 
ताम्बा सङ्घका अध्यक्ष पासाङ मोक्तानले ताम्बा दर्शनको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै तामाङ समुदायमा अनियन्त्रित रूपमा बढिरहेको थरको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा कुमार स्याङ्बो, योगेश राल्फाली, रचना मोक्तान, सीमा तामाङ, भीम बैरागी लगायतका कविले तामाङ भाषामा आ–आफ्ना कविता, गीत सुनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप