आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परमिताको चेतावनी : पैसा नदिनेको नाम सार्वजनिक गरिदिन्छु

मङ्गलबार, १३ पुस २०७८, १३ : १२
मङ्गलबार, १३ पुस २०७८


नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूलाई पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छिन् । 

परमिताले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा यस्तो चेतावनीयुक्त मेसेज पोस्ट गरेकी छिन् । 

परमिताले आफूले मोडिलिङ र अभिनय गरेबापत् पाउनुपर्ने पारिश्रमिक समयमा नै नपाएकोमा असाध्यै दिक्क र वाक्क भएको बताएकी छिन् । आफूले निकै गाह्रोगरी कमाएको आफ्नो पैसा पनि भिक मागे जसरी मागिरहनुपर्ने कुराले पनि उनलाई दुःखी तुल्याएको बताएकी छिन् । 

उनले चेतावनी दिँदै लेखेकी छिन्, ‘म आजित भइसकेँ । असाध्यै आजित भइसकेँ । अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु ।’

यस्तो गर्नुपर्दा आफूलाई पनि नराम्रो लागेको बताउँदै यो नै अन्तिम उपाय भएको बताएकी छिन् । 

नेपालमा मोडलिङ र अभिनय क्षेत्रमा लाग्न चाहनेहरुका लागि यस्ता कुराहरुले निकै दुःखी तुल्याउने उनी बताउँछिन् । 

आफूले अभिनय गरेको एउटा फिल्मको पूरा पारिश्रमिक एक वर्षपछि मात्रै पाएको पनि उनले खुलासा गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप