आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सारा र धनुषको फिल्म ‘अतरंगी रे’ बहिष्कारको माग उठ्यो, आखिर के हो कारण ?

शुक्रबार, १६ पुस २०७८, १२ : ५२
शुक्रबार, १६ पुस २०७८

निर्देशक आनन्द एल रायद्वारा बनाइएको फिल्म ‘अतरंगी रे’ विवादमा आएको छ । धनुष, सारा अली खान र अक्षय कुमार स्टारर यो फिल्मलाई एकातिर दर्शकले असाध्यै मन पराइरहेका छन् भने अर्कोतर्फ यसलाई मानिसले प्रतिबन्ध गर्नुपर्ने माग उठाइरहेका छन् । ट्वीटरमा ‘बोयकट अतरंगी रे’ ट्रेन्ड भइरहेको छ । यो ट्रेन्डमा सोसल मिडियाको एउटा हिस्साले फिल्मलाई ‘हिन्दुफोबिक’ बताइरहेका छन् ।

यो हो ‘अतरंगी रे’ को कहानीः

फिल्म अतरंगी रे को कहानी, बिहारमा बस्ने रिंकू सूर्यवंशी (सारा अली खान) को वरिपरि घुम्छ । रिंकू बारम्बार घरबाट भाग्दा उनका परिवारका सदस्य तनावमा छन्, त्यसैले उनको विवाह एउटा तमिल ब्राह्मण विशू (धनुष) सँग जबर्जस्ती गराइन्छ । विशू पनि यो विवाह गर्न चाहँदैनथे किनभने उनको जीवनमा अर्कै कोही छ र उनको पनि विवाह हुँदैछ । यसका साथै रिंकू एक जादुगरसँग प्रेम गर्थिन् जसको नाम सज्जाद अली खान (अक्षय कुमार) हो ।

ट्वीटर प्रयोगकर्तालाई यसमा समस्याः

सोसल मिडियामा बोयकट अतरंगी रे ट्रेन्ड भइरहेको छ । प्रयोगकर्ताका ट्वीट्सका अनुसार केही मानिसका अनुसार फिल्ममा लभ जेहादमात्रै देखाईको मात्रै छैन हिन्दू धर्मको अपमान पनि गरिएको छ । केही सोसल मिडिया प्रयोगकर्ताका अनुसार हिन्दू महिला, एक मुस्लिमको प्रेममा देखाइएको छ, यस्तो फिल्मबाट समाजमा यही मेसेज जानेछ ।

हुन त फिल्म ‘अतरंगी रे’ ले दर्शकको प्रेम पनि पाइरहेको छ । यो फिल्मले आफ्नो नाममा एउटा रेकर्ड पनि बनाएको छ । मिडिया रिपोर्टका अनुसार अक्षय कुमार, सार अली खान र धनुष स्टारर फिल्म ‘अतरंगी रे’ २४ डिसेम्बरमा डिज्नी प्लस हटस्टारमा रिलिज भयो र यसले सबैभन्दा ठूलो ओपनिङ पायो । अतरंगी रे फिल्म डिज्नी प्लस हटस्टारमा पहिलो दिन सबैभन्दा धेरै हेरिएको फिल्म बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप