मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ब्राउन सुगरसहित ५ जना पक्राउ

शनिबार, १७ पुस २०७८, ११ : ००
शनिबार, १७ पुस २०७८

दाङको तुलसीपुरबाट तीन महिला र दुई पुरुष प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँका २९ बर्षीय रुद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ बर्षीया उर्मिला चौधरी, तुलसीपुर ७ को सागरनगर टोलका ३० बर्षीय कैलाश नेपाली, वडा नं. ५ की १९ बर्षीया मन्दिरा थापा र सोही वडाकै १९ बर्षीया दीपु नेपाली रहेको डिएसपी अर्यालले बताए ।
दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । पछिल्लो सयम तुलसीपुर लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । किशोर किशोरी तथा महिलापनि धमाधम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्न थालेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप