जहाँ कमिक क्यारेक्टर जीवित हुन्छन्...
शनिबार, १७ पुस २०७८, १६ : ५६
सन् २०१० देखि सुरु भएको ओटाकु मेलामा कमिक क्यारेक्टर जीवित हुन्छन् र मान्छेहरूसँग अन्तरक्रिया गर्छन् । सन् २०१६ देखि वृहत् र उल्लेख सहभागिता रहने गरेको यो मेलामा औसतमा ८ हजार सहभागी आउने गरेको आयोजकको दाबी छ ।
"पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हामीले हरेक वर्ष यो मेला आयोजना गर्ने गरेका छौँ । यहाँ आफ्नो मन पर्ने कमिक वा एनेमी क्यारेक्टर को ड्रेस लगाएर आउन जो कोही पनि पाउँछन्," आयोजक मध्येका एक अभिनव दास श्रेष्ठले रातोपाटीलाई बताए ।