सकेला उधौलीको रमझम, तस्बिरमा हेर्नुहाेस्
शनिबार, १७ पुस २०७८, १७ : ५२
किरात समुदायले टुडिखेलमा सकेला उधौली चाड मनाएका छन् । सकेला उधौली चाड जाडो मौसम सुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै ओरालो (बेँसी) लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ ।
किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।