माओवादीका केन्द्रीय सदस्यले लिए शपथ (तस्बिरहरू)
सोमबार, १९ पुस २०७८, १६ : ३८
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई सोमबार निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ ग्रहण गराएका हुन् । उनीहरूले हात उठाएर पार्टीको झण्डा सामु उभिएर शपथ लिएका हुन् ।