आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन : पूर्व प्रधानमन्त्री भट्टराई

सोमबार, १९ पुस २०७८, १९ : २०
सोमबार, १९ पुस २०७८

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरू कराएर केही नहुने टिप्पणी गरेका छन् । 

इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन ।’ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने डा. भट्टराईको भनाइ छ । 

उनले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको प्रतिक्रिया दिएका छन् । जनताले विश्वास गरेर मत हालेको भए पनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैँ सत्ताबाट बाहिरिनुपरेको उनले बताए । ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको आरोप भट्टराईले लगाए । 

पूर्व प्रधानमन्त्री भट्टराईले २०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गरे । ‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढङ्गले परिवर्तन हुँदै जान्छ’, उनले भने, ‘बाँकी काम पूरा गर्न नथाकेका, नहारेका जिउँदा मान्छेहरू फेरि अगाडी आउनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप