प्रदेश नं. ५, जहाँ यसरी हुँदैछ हाइप्रोफाइल भिडन्त
देशका ठूला नेताहरूको गृहजिल्ला रहेको ५ नम्बर प्रदेशमा चुनाव पनि रोचक हुँदैछ । धेरै नेताको भविष्य चुनावले निर्धारण गर्दैछ । स्थानीय तहमा दलहरूले पाएको मतलाई आधार मान्ने हो भने यस्तो भिडन्त हुँदैछ, ५ नम्बर प्रदेशको चुनावमा ।
नवलपरासी १ : हृदेश त्रिपाठी र देवकरण कलवारको भिडन्त
अगामी निर्वाचनका लागि प्रदश नं. ५ को नवलपरासी क्षेत्र नं. १ बाट वाम गठबन्धनबाट हृदयेस त्रिपाठी र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका देवकरण प्रसाद कलवार चुनावी मैदानमा छन् । राजपा छोडेर त्रिपाठी स्वतन्त्र समूहको नाममा एमालेसँग मिलेर चुनावमा उठेका हुन् ।
गत स्थानीय तहमा दलहरूले पाएको मतका आधारमा नवलपरासी १ मा वाम र लोकतात्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । यहाँ वाम गठबन्धनको पक्षमा २५ हजार १ सय ९७ मत खसेको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ३ सय ४२ मत खसेको थियो । यस आधारमा यहाँ वाम गठबन्धन ८ सय ५५ मतले अगाडि रहेको छ ।
नवलपरासी २ : देवेन्द्रराज कँडेल र घनश्याम यादवको प्रतिस्पर्धा
नवलपरासी २ मा लोकतान्त्रिक गठबन्धनबाट देवेन्द्रराज कँडेल र वाम गठबन्धनबाट घनश्याम यादव चुनावी प्रतिस्पर्धामा छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले १६ हजार १ सय २६ र माओवादीले १० हजार २ सय १९ गरी वाम गठबन्धनले २६ हजार ३ यस ४५ मत पाएको थियो । यस्तै काङ्ग्रेसले २० हजार ९ सय ३ र राप्रपाले २१ सय ६१ गरी लोकतान्त्रिक गठबन्धनले २३ हजार ६४ मत पाएको थियो । यहाँ ३ हजार २ सय ८१ मतले वाम गठबन्धन अगाडि रहेको छ ।
रूपन्देही १ : अब्दुल र छविलालको लडाइँ
रूपन्देही १ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमाले नेता छविलाल विश्वकर्मा र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका अब्दुल रजाक चुनावी प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा एमालेले २० हजार ५ सय र माओवादीले ५ हजार ७ सय ४ मत गरी वाम गठबन्धनले २६ हजार २ सय ४ मत पाएको थियो । यस्तै नेपाली काङ्ग्रेसले १६ हजार ७ सय ९१ र राप्रपाले ७ हजार ५ सय ४० मत पाएको थियो । यहाँ लोकतान्त्रिक वगठबन्धनको पक्षमा २४ हजार ३ सय ३१ मत रहेको छ । १८ सय ७३ मतले वाम गठबन्धन अगाडि देखिए पनि यहाँ द्विपक्षीय कडा प्रतिस्पर्धा हुने भएको हो ।
रूपन्देही २ : युवराज गिरी र विष्णु पौडेलको प्रतिस्पर्धा
पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल र काङ्ग्रेसका युवराज गिरीबीच रूपन्देही २ मा प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ एमालेले ३२ हजार ४ सय ९७ र माओवादी केन्द्रले ८ हजार ३ सय १७ मत पाएको थियो । यस्तै नेपाली काङ्ग्रेसले १४ हजार २ सय ६९ र राप्रपाले ३ सय ७८ मत पाएको थियो । यस आधारमा वाम गठबन्धनको पक्षमा ४० हजार ८ सय १४ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १४ हजार ६ सय ४७ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन २६ हजार ६७ मतले अगाडि रहेको छ ।
रूपन्देही ३ : दीपक बोहोरा र घनश्याम भुसालको लडाइँ
आगामी प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही ३ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका दीपक बोहोरा र वाम गठबन्धनबाट एमालेका घनश्याम भुसालबीच प्रतिस्पर्धा हुँदैछ । स्वास्थ्यमन्त्री समेत रहेका बोहोरा र बौद्धिक नेताको छवि बनाएका एमालेका युवा नेता भुसालबीच रोचक चुनावी भिडन्त हुने भएको हो ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले ११ हजार १ सय ९८ र राप्रपाले ३ हजार ८ सय ३२ गरी लोकतान्त्रिक गठबन्धनको पक्षमा १६ हजार २० मत रहेको छ । यस्तै एमालेले पाएको १३ हजार ५ सय १७ र माओवादीले पाएको ४ हजार ४ सय ५ गरी वाम गठबन्धनको पक्षमा १७ हजार ९ सय २२ मत रहेको छ । स्थानीय तहको निर्वाचनको अङ्क हेर्ने हो भने यहाँ वाम गठबन्धन २ हजार ९ सय २ मतान्तरले अघि रहेको छ । सानो मतान्तर भएका कारण यहाँ दुई गठबन्धनबीच कडा चुनावी प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।
रूपन्देही ४ : त्रिपक्षीय भिडन्त
आगामी प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही ४ मा वाम गठबन्धनबाट एमालेका ओमप्रकाश यादव गुल्जारी, नेपाली काङ्ग्रेसका प्रमोद यादव र राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाबीच त्रिपक्षीय भिडन्त हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले १० हजार ५ सय ९, एमालेले २ हजार ३ सय ९, माओवादी केन्द्रले २ हजार २ सय ६४, सङ्घीय समाजवादी फोरमले १० हजार २ सय ६६, राप्रपाले १० हजार २ सय ६६ र फोरम लोकतान्त्रिकले ७ हजार ८ सय १ मत पाएको थियो । यो मतका आधारमा यहाँ लोकतान्त्रिक गठबन्धन अन्तर्गतको नेपाली काङ्ग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको मत जोड्दा २० हजार २ सय ८ मत छ । यस्तै एमाले र माओवादीको वाम गठबन्धनको ४ हजार ५ सय ७३ मत छ । यस्तै सङ्घीय समाजवादी फोरमको १० हजार २ सय ६६ मत छ । स्थानीय तहको दोस्रो चरणमा रूपन्देहीमा चुनावमा भएकाले राजपा चुनावमा सहभागी नभएका कारण उसको मत देखिएको छैन । यसअर्थमा यहाँ वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धन १५ हजार ६ सय ३५ मतले अगाडि रहेको छ । यो क्षेत्रमा राजपाको मत कति छ भन्ने आधार नभएको र समाजवादी फोरमको १० हजार हाराहारी मत रहेकाले यहाँ मुख्य रूपमा मधेसी मोर्चा र लोकतान्त्रिक गठबन्धन बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
रूपन्देही ५ : भरत साह र डिलाराम आर्चायको प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही ५ मा लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका भरत साह र वाम गठबन्धनबाट माओवादी केन्द्रका डिलाराम आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले १९ हजार ४ सय ३३, एमालेले १८ हजार ४ सय २०, माओवादी केन्द्रले ३ हजार १ सय ८४, समाजवादी फोरमले ११ हजार ३ सय १५, राप्रपाले २ हजार २ र फोरम लोकतान्त्रिकले ३ हजार ६ सय ७६ मत पाएको थियो । यसअनुसार काङ्ग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाको मत जोड्दा लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार १ सय ११ मत देखिन्छ । यस्तै माओवादी र एमालेको मत जोड्दा २१ हजार ६ सय ४ हुन्छ । अर्थात यहाँ ३ हजार ५ सय ७ मतले लोकतान्त्रिक गठबन्धन अगाडि देखिन्छ ।
अर्घाखाँची : टोपबहादुर र रामबहादुरको भीडन्त
अर्घाखाँचीमा वाम गठबन्धनबाट माओवादीका टोपबहादुर रायमाझी र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका रामबहादुर बिसीबीच प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यो जिल्लामा काङ्ग्रेसले ३० हजार ८ सय ८५, एमालेले ३६ हजार ७ सय २६, माओवादीले १४ हजार ९ सय ७४ र राप्रपाले १ सय २४ मत पाएको थियो । यो मतका आधारमा यहाँ लोकतान्त्रिक गठबन्धनको पक्षमा ३० हजार ९ सय ७४ र वाम गठबन्धनका पक्षमा ५१ हजार ७ सय मत रहेको छ । अर्थात् यहाँ वाम गठबन्धन २० हजार ७ सय २६ मतले अगाडि रहेको छ ।
पाल्पा १ : घिमिरे र रानाको लडाइँ
पाल्पा १ मा काङ्ग्रेसका विजय घिमिरे र एमालेका दलबहादुर रानाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २० हजार १६, एमालेले २६ हजार ९ सय ४१, माओवादीले २ हजार ७ सय ४२ र राप्रपाले ५६ मत ल्याएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा २९ हजार ६ सय ८३ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २० हजार ७२ मत रहेको छ । अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन ९ हजार ६ सय ११ मतले अगाडि रहेको छ ।
पाल्पा २ : हरि नेपाल सोमप्रसाद पाण्डेको प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभा निर्वाचनमा पाल्पा २ बाट काङ्ग्रेसका हरि नेपाल र एमालेका सोमप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले ३७ हजार ५२, एमालेले ३८ हजार ४ सय २१, माओवादीले १५ हजार १ सय ३३ राप्रपाले ९७ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ५३ हजार ५ सय ४४ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३७ हजार १ सय ४९ मत रहेको छ । अर्थात वाम गठबन्धन १६ हजार ३ सय ९५ मतले अगाडि रहेको छ ।
गुल्मी १ : चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच लडाइँ
आगामी प्रतिनिधि सभा निर्वाचनमा गुल्मी क्षेत्र नं. १ मा रोचक चुनावी लडाइँ हुने भएको छ । एमाले सचिव प्रदीप ज्ञवाली र नेपाली काङ्ग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २५ हजार ५ सय ६६, एमालेले १७ हजार ४ सय ३, माओवादीले ४ हजार ५ सय ४ र राप्रपाले ६७ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ३१ हजार ९ सय ७ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३६ हजार ८ सय ३५ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन ९ हजार ७ सय ८२ मतले अगाडि रहेको छ ।
गुल्मी २ : चन्द्र केसी र गोकर्ण विष्ट
गुल्मी क्षेत्र नं. २ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट पूर्व मन्त्रीसमेत रहेका एमाले नेता गोकर्ण विष्ट र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका चन्द्र केसी प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा गुल्मी २ मा एमालेले २७ हजार ४ सय ८६, काङ्ग्रेसले २३ हजार ३ सय ३८, माओवादीले ९ हजार ४ सय ९० र राप्रपाले १ सय ४४ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३६ हजार ९ सय ७६ मत रहेको छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २३ हजार ४ सय ८२ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन १३ हजार ४ सय ९४ मतले अगाडि रहेको छ ।
कपिलवस्तु १ : पूर्वराजदूत उपाध्याय, बलदेव र खाँबची त्रिपक्षीय भिडन्त
आगामी प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु १ मा त्रिपक्षीय भिडन्त हुने भएको छ । भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहेका काङ्ग्रेसका नेता दीपकुमार उपाध्याय, माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेव र समाजवादी फोरमका अब्दुल रिद खाँबीच त्रिपक्षीय भिडन्त हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २५ हजार ५ सय ९, एमालेले २३ हजार १ सय ९४, माओवादीले ६ हजार ५ सय ३, राप्रपाले १ हजार ८ सय ७३ र समाजवादी फोरमले ६ हजार २ सय ५९ मत ल्याएको थियो । यसअनुसार यहाँ वाम गठबन्धनको पक्षमा २९ हजार ६ सय ९७ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २७ हजार ३ सय ८२ मत रहेको छ । यहाँ वाम गठबन्धन २३ सय १५ मतले अगाडि रहेको छ ।
कपिलवस्तु २ : आर्चाय र गुप्ताको प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु २ बाट काङ्ग्रेसका सुरेन्द्रराज आर्चाय र एमालेका बृजेशकुमार गुप्ताबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै समाजवादी फोरमका रामनरेस यादव पनि प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले २५ हजार ३ सय २९, एमालेले १२ हजार ३ सय ८९, माओवादीले ३ हजार ४ सय ३५, राप्रपाले २ हजार २ सय ७१ र समाजवादी फोरमले २ हजार ६ सय २९ मत ल्याएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा १५ हजार ८ सय २४ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २७ हजार ६ सय मत रहेको छ । अर्थात वाम गठबन्धन ११ हजार ७ सय ७६ मतले अगाडि रहेको छ ।
कपिलवस्तु ३ : साह, मिश्रा र गुप्ताको भिडन्त
कपिलवस्तु ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि काङ्ग्रेसका पूर्व सांसद समेत रहेका अभिषेकप्रताप साह, एमालेका ईश्वरदयाल मिश्र र समाजवादी फोरमका मङ्गलप्रसाद मिश्र चुनावी मैदानमा छन् ।
गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले १४ हजार ९ सय ९८, एमालेले १५ हजार ५ सय ७८, माओवादीले ६ हजार ८ सय ९८, राप्रपाले ४ हजार १ सय १८ र समाजवादी फोरमले ९ हजार १ सय ८० मत ल्याएको थियो । यहाँ लोकतान्त्रिक गठबन्धनको पक्षमा १९ हजार १ सय १६ मत रहेको छ भने वाम गठबन्धनको पक्षमा २२ हजार ४ सय ७६ मत रहेको छ । यहाँ ३ हजार ३ सय ६० मतले वाम गठबन्धन अगाडि रहे पनि यसअघि समाजवादी फोरममा रहेका र स्थानीय स्तरमा प्रभाव छोडेका युवा नेता अभिषेक प्रतापले राम्रो मत पाउने अनुमान गर्न सकिन्छ । यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
दाङ १ : दुई चौधरीको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. १ मा वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका सुशीला चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले १९ हजार ५८, एमालेले २२ हजार ६ सय ९, माओवादीले १३ हजार ६ सय ५३ र राप्रपाले १२ सय ८६ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३६ हजार २ सय ६२ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २० हजार ३ सय ४४ मत रहेको छ । स्थानीय तहको मतका आधारमा वाम गठबन्धन १५ हजार ९ सय १८ मतले अगाडि देखिएको छ ।
दाङ क्षेत्र नं. २ : राजु खनाल र कृष्णबहादुर महाराबीच भिडन्त
प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. २ चर्चामा रहेको छ । यहाँ माओवादी केन्द्रका नेता तथा विनाविभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेपाली काङ्ग्रेसका राजु खनाल प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचमा दाङ ३ मा काङ्ग्रेसले २१ हजार ३ सय ९, एमालेले १७ हजार ९ सय ६, माओवादीले १७ हजार ५ सय ३५ र राप्रपाले १ हजार ८८ मत ल्याएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ३५ हजार ४ सय ४१ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २२ हजार ३ सय ९७ मत ल्याएको थियो । अर्थात यहाँ वाम गठबन्धन १३ हजार ४४ मतले अगाडि छ ।
दाङ क्षेत्र नं. ३ : पूर्वमन्त्री गिरी र हरिचन्द्र केसीबीच प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ मा काङ्ग्रेसका नेता तथा पूर्व सिंचाइ मन्त्री दीपक गिरी र र एमाले नेता हरिचन्द्र केसीबीच प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा दाङ ३ मा काङ्ग्रेसले ३० हजार ७ सय ३१, एमालेले २९ हजार ८ सय ४८, माओवादीले १८ हजार ३ सय ३९ र राप्रपाले ९ सय ४२ मत ल्याएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा ४८ हजार १ सय ८७ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३१ हजार ६ सय ७३ मत देखिन्छ । अर्थात वाम गठबन्धन १६ हजार ५ सय १५ मतले अगाडि रहेको छ ।
प्युठान : प्राधिकरणका पूर्व सीईओ पोखरेल र दुर्गा पौडेलको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनका लागि १ मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ डा. गोविन्दराज पोखरेल र नेकपा मसालमा महामन्त्री मोहन विक्रम सिंहकी पत्नी दुर्गा पौडेल वाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा रहेकी छिन् ।
गत स्थानीय तहको निर्वाचनमा प्युठानमा काङ्ग्रेसले १८ हजार ८ सय ५३, एमालेले २८ हजार ८ सय ५३, माओवादीले १७ हजार ८३, राष्ट्रिय जनमोर्चाले १७ हजार ३ सय ६ र राप्रपाले १३ सय ३३ मत पाएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा ६३ हजार २ सय ६६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २० हजार १ सय ८३ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन ४३ हजार ८० मतले अगाडि रहेको छ ।
यहाँ काङ्ग्रेस र राप्रपासहितको लोकतान्त्रिक गठबन्धन र एमाले, माओवादी र जनमोर्चा ३ दल एक भएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
रोल्पा : वर्षमान र अमरसिंह, दुई मगर भाइको लडाइँ
प्रतिनिधि सभा निर्वाचनका लागि १ मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा काङ्ग्रेसका अमरसिंह पुन र माओवादीका वर्षमान पुन चुनावी मैदानमा छन् । यहाँ काङ्ग्रेसले २१ हजार ६ सय ७८, एमालेले १४ हजार ५ सय ८८, माओवादीले ३३ हजार ६ सय २७, मालेले ९ हजार ३ सय १, जनमोर्चाले १ सय २८ र राप्रपाले १७ सय २६ मत ल्याएको थियो । यहाँ ४ वामपन्थी दलहरूको ४८ हजार ८ सय ५४ र लोकतान्त्रिक गठबन्धनको २३ हजार ४ सय ४ मत रहेको छ । अर्थात वाम गठबन्धन २५ हजार ५० मतले अगाडि रहेका कारण वर्षमान अलि सहज ठाउँमा छन् ।
पूर्वी रुकुम : कमला रोक्का र हरिशङ्कर घर्तीको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा नेपाली काङ्ग्रेसका हरिशङ्कर घर्ती र माओवादी केन्द्रकी कमला रोक्का प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ नेपाली काङ्ग्रेसले २१ हजार ६ सय ७८, एमालेले १४ हजार ५ सय ८८, माओवादी केन्द्रले ३३ हजार ६ सय २७ र राप्रपाले १७ सय २६ मत पाएको थियो ।
यस अधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४८ हजार २ सय १५ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २३ हजार ४ सय ४ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन २४ हजार ८ सय ११ मतले अगाडि रहेको छ ।
बाँके १ : काङ्ग्रेस र माओेवादीको भिडन्त
बाँके क्षेत्र नंं १ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार माधवराज खत्री र माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट २३ हजार ८ सय २०, एमालेले १८ हजार ५८९, माओवादीले १२ हजार ५ सय ३ र राप्रपाले ३ हजार ८ सय ८८ मत पाएको थियो । यहाँ वाम गठबन्धनको ३१ हजार ९२ मत छ भने लोकतान्त्रिक गठबन्धनको २७ हजार ७ सय ८ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन ३ हजार ३ सय ८४ मतले अगाडि देखिएको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतका आधारमा यहाँ दुई गठबन्धनबीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
बाँके २ : राप्रपा र एमालेको भिडन्त
बाँके क्षेत्र नंं २ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका उम्मेदवार ओमप्रसाद आजाद र एमालेका पशुपति दयाल मिश्रबीच प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा बाँके २ मा काङ्ग्रेसले १४ हजार ३ सय २, एमालेले ११ हजार ७ सय ७, माओवादीले ९ हजार ६ सय ६५ र राप्रपाले ८ हजार ५ सय ९५ मत पाएको थियो । यहाँ वाम गठबन्धनको २१ हजार ३ सय ७२ र लोकतान्त्रिक गठबन्धनको २२ हजार ८ सय ९७ मत रहेको छ । १५ सय २५ मतले वाम गठबन्धन अगाडि देखिए पनि यहाँ आफ्नो पक्षमा जित निकाल्न दुवै गठबन्धनले कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।
बाँके ३ : बादशाह र कुर्मीको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा बाँके ३ मा वाम गठबन्धनबाट नन्दलाल रोका क्षेत्री र लोकतान्त्रिक गठबन्धनबाट बादशाह कुर्मी प्रतिस्पर्धामा रहेका छन् । स्थानीय तहको निर्वाचनको मत हेर्दा याहाँ काङ्ग्रेसले १३ हजार ४ सय ६७, एमालेले १८ हजार २ सय ६८, माओवादीले १० हजार ६ सय ३७ र राप्रपाले ५ हजार ३ सय ६० मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा २९ हजार २ सय ५ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १८ हजार ८ सय २७ मत देखिन्छ । यस आधारमा यहाँ वाम गठबन्धन १० हजार ३ सय ७८ मतले अगाडि रहेको छ ।
बर्दिया १ : वामदेव र सञ्जय गौतमको भिडन्त
बर्दिया क्षेत्र नं. १ मा एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री वामदेव गौतम काङ्ग्रेस नेता तथा हालका सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले प्रतिस्पर्धा गर्दैछन् । यो निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनको पक्षमा ५४ हजार ९ सय ५ मत आएको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ७ सय ४२ मत आएको थियो । यो हिसाबमा वाम गठबन्धनका गौतम २९ हजार १ सय ६३ मतले अगाडि देखिएको छ ।
बर्दिया क्षेत्र नं. २ : गोपाल दहित र सन्तकुमार थारुको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनका लागि बर्दिया क्षेत्र नं. २ मा वाम गठबन्धनबाट माओवादीका सन्तकुमार थारु र लोकतान्त्रिक गठबन्धनबाट गोपाल दहित चुनावी मैदानमा छन् । स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २९ हजार ७ सय ७, एमालेले २२ हजार १ सय ७६, माओवादीले ३१ हजार ८ सय ४६ र राप्रपाले १८ सय २९ मत ल्याएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा ५४ हजार २२ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३१ हजार ६ सय ३६ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन २२ हजार ३ सय ८६ मतले अगाडि देखिन्छ ।