आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोदीसँग महानगरपालिकाबारे उजुरी गरेपछि कपिल शर्माले खर्च गर्नुपर्‍यो ९ लाख, भागे मालदिभ्स

बुधबार, २१ पुस २०७८, १७ : ०३
बुधबार, २१ पुस २०७८

मनोरञ्जन क्षेत्रमा जुन व्यक्तिको ट्वीटले सबैभन्दा ठूलो बबाल मच्चायो त्यो कसले बिर्सन सक्छ । यी व्यक्ति अरु कोही नभई कमेडीका बादशाह भनिने हास्यकलाकार कपिल शर्मा हुन् । सर्वसाधारणलाई झैं कपिललाई पनि आफ्नो ट्वीटका कारण हुने विवादबारे राम्रोसँग थाहा छ । कपिलले निकै छिटो नेटफ्लिक्समा आफ्नो स्ट्यान्ड अप स्पेशल शो लिएर आइरहेका छन् । कपिलले यही ट्वीटमार्फत् नै आफ्नो जोकको सुरुवात गरे । नेटफ्लिक्सले शोको एउटा सानो भाग सेयर गरेको छ ।

कपिल भन्छन्, ‘ म मालदिभ्स निस्किएँ फटाफट... त्यहाँ म ८–९ दिन बसेँ... मालदिभ्स पुग्ने बित्तिकै मैले भने, ‘मलाई एउटा यस्तो रुम देउ जहाँ इन्टरनेट चल्दैन’... उनीहरुले सोधे, ‘विवाह गरेर आउनुभएको हो ?’, मैले भनेँ, ‘ट्वीट गरेर आएको छु ।’ कपिलको यो पहिलो लाइनले नै धेरै कुरा बताउँछ ।

कपिलले पुनः थप्छन्, ‘म जतिदिन त्यहाँ बसेँ, ९ लाख खर्च भयो । मेरो जीवनभरीको पढाई लेखाईमा यति खर्च भएको छै जति मैले त्यो एक लाइन लेखर खर्च गरेँ । म साँच्चै ट्वीटरमा केस गर्न चाहन्छु ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Netflix India (@netflix_in)

‘किनभने कहिलेकाँही कुनै नेताले ट्वीट गर्दा ट्वीटरले मुनिपट्टी ‘म्यानिपुलेटेड ट्वीट’ भनेर लेखिदिन्छन् । मेरो ट्वीटको मुनि पनि ‘ड्रङ्क ट्वीट’ लेखिदिएको भए हुन्थ्यो नि । मेरो पैसा त बच्थ्यो । मैले हाम्रो देशको सिस्टम नै बुझ्दििनँ । यदि मैले राती कुनै कुरा गरेको छु भने राती नै कुरा गर न, किनभने बिहान मेरो विचार फेरिइसकेका हुन्छन् । म आज मन खोलेर भन्न चाहन्छु कि सबै ट्वीट्स मेरा थिएनन्, केही ज्याक ड्यानियलका थिए, केही जोनी वाकरका थिए । यद्यपि, केही केही त मेरा पनि थिए तर स–साना कुराका लागि कुनै कलाकारलाई ब्ल्याक लेबल उफ् ब्ल्याक लिस्ट त गर्न सक्नुहुन्नँ नि ।’

के थियो कपिलको विवादास्पद ट्वीट ?

स्ट्यान्ड अप स्पेशलमा कपिलले ट्वीटको विषयमा आफ्नो स्पष्टिकरण पनि दिएका छन् र मनको बह पनि पोखेका छन् । स्मरण रहोस्, कपिलले केही वर्ष अघि मुम्बई महानगरपालिकामाथि घुस लिएको आरोप लगाएका थिए जसमाथि बेस्सरी बबाल निम्तिएको थियो । कपिलले मोदीलाई एउटा ट्वीटमा लेखेका थिए जसमा उनले अफिस खोल्नका लागि मुम्बई महानगरपालिकाले पाँच लाख भारु मागेको बताएका थिए ।

कपिलका अनुसार उनले यी ट्वीट मातेका बेला गरेका थिए । हुन त कपिलको यो ट्वीटको विवाद सेलाइसकेको छ तर अहिले पनि कपिलको खुट्टा तान्नुपर्दा उनको ट्वीटको कुरा आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप