पाँचथरमा आगलागी हुँदा तीन घर जले
बिहीबार, २२ पुस २०७८, ०७ : ५५
पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा अहिले बुधबार साँझ आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगो फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका पनि घर जलेका हुन् । आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसलमा क्षति भएको स्थानीय खगेन्द्र राईले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल परिचालन गरिएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।