आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२६ एसएसपीको सरूवा, को कहाँ ? (सूचीसहित)

शुक्रबार, २३ पुस २०७८, ०७ : ३९
शुक्रबार, २३ पुस २०७८

प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । बुधबार २६ एसएसपीहरुको सरुवा भएको हो । 
 
प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको सूचीअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा भएका छन् । 

यसैगरी, प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी वसन्त कुँवर महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् । 
 
यस्तै महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका जेष्ठ नागरिक महाशाखाका भीम प्रसाद ढकाल अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका छन् । 

यस्तै प्रदेश प्रहरी कार्यालय बनेपाका एसएसपी श्यामलाल ज्ञवाली नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय समाखुशी सरुवा भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप