आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज पनि घट्यो सुनचाँदीको मूल्य

शुक्रबार, २३ पुस २०७८, ११ : १३
शुक्रबार, २३ पुस २०७८

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ  कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप