आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा हिउँ हेर्न गएका सयौँ मानिस फसेँ, २१ जनाको मृत्यु

आइतबार, २५ पुस २०७८, ०७ : ०४
आइतबार, २५ पुस २०७८

पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । 

मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमती र उनीहरूका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरूको उद्धारमा सेना खटिएको छ । सो क्षेत्रमा ठुलो सङ्ख्यामा एकै पटक मानिसहरू भ्रमण गर्दा सङ्कट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । 

पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बिर र भिडियो भाइरल भएका थिए । हिउँका कारण सयौँ पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप