आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले जिल्ला अधिवेशन : कुन जिल्लामा कसको नेतृत्व ? (सूची)

आइतबार, २५ पुस २०७८, ०९ : १२
आइतबार, २५ पुस २०७८

नेकपा (एमाले) का जिल्ला अधिवेशनहरूबाट विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ ।  नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

रिजालका अनुसार हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाची, मोरङ,  काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा, नवलपरासी (पश्चिम) र  कपिलवस्तु तथा विशेष जिल्ला कमिटीबाट मजदुर विशेष र पेशागत विशेषको नेतृत्व चयन भएका छन् ।

यस्ता छन् नेतृत्व चयन भएका जिल्लाहरु :
१. झापा- दीपक कार्की 
२. पाल्पा- धनेन्द्रराज घिमिरे 
३. दाङ- हुकुमबहादुर बस्नेत 
४. डोल्पा- शेरबहादुर बुढा 
५. सल्यान- गोविन्द पुन 
६. बर्दिया- लालबहादुर श्रेष्ठ 
७. बॉके- किस्मतकुमार कक्षपति 
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा 
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी 
२०. कपिलवस्तु- डम्बर शर्मा 

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप