आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूल भुलैया टु : मोन्जोलिकाको भूमिकामा पुनः देखिनेछिन् विद्या बालन !

आइतबार, २५ पुस २०७८, १५ : ०६
आइतबार, २५ पुस २०७८

अक्षय कुमार र विद्या बालनको हिट फिल्म भूल भुलैयाको अर्को भाग नयाँ कास्टसहित आउने तयारीमा छ । भुल भुलैया टु मा कार्तिक आर्यन, तबू र कियारा आडवाणीको नाम फाइनल भइसकेको छ । फिल्मबाट कार्तिकको लुक पनि रिलिज भइसकेको छ । सबै पात्रमध्ये सबैभन्दा महत्वपूर्ण भूमिका मोन्जोलिकाको छ । भूल भुलैयामा विद्या बालनले यो भूमिका निभाएक थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार भूल भूलैया टुमा पनि विद्याले मोन्जोलिकाको भूमिका निभाउने छिन् ।

क्लाइमेक्समा देखिनेछिन् विद्या ?

अनिस बज्मीको निर्देशनमा बन्न लागेको भूल भुलैया टुमा विद्या मोन्जोलिकाको भूमिकामा देखिने भारतीय सञ्चार माध्यमले दाबी गरिरहेका छन् । मिड डेले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका हुन् । स्रोतले भन्यो, ‘उनको इक्वेसन सन् २०११ देखिको हो जब विद्याले अनिज बज्मीको फिल्म थ्याङ्क्यूमा क्यामियो अपियरेन्स दिएकी थिइन् । उनले मोन्जोलिकाको क्यारेक्टरलाई बनाए, शाही नर्तकीको भूत, अविस्मरणीय छ । विद्याले आमी जे तोमार गीतमा नाच्नेछिन् वा क्लाइमेक्समा देखिनेछिन् ।’

निर्देशकले पनि दिए हिन्टः

स्मरण रहोस्, अनिस बज्मीले मोन्जोलिका उनलाई सबैभन्दा मनपर्ने पात्र भएको बताएका थिए । निर्देशकले भनेका थिए, ‘यदि फिल्म भूल भुलैया हो भने उनी (विद्या बालन) भूल भुलैया टुमा हुनुपर्छ । अरु कुरा सरप्राइजका लागि छोड्नुहोस् ।’

भूल भुलैया सन् २००७ मा रिलिज भएको थियो । यसको निर्देशन निर्देशक प्रियदर्शनले गरेका थिए । फिल्ममा विद्या, अक्षयबाहेक अमिषा पटेल र शाइनी आहूजा मुख्य भूमिकामा थिए । यो हरर कमेडीलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप