मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारतीय र नेपाली नक्कली नोट कारोबार गरेको आरोपमा दुई जना पक्राउ

बिहीबार, २९ पुस २०७८, १० : १९
बिहीबार, २९ पुस २०७८

नवलपरासी (पश्चिम)  प्रहरीले  नेपाली र भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा  लुम्बिनी  साँस्कृतिक नगरपालिका –१२ बस्ने रसिद मोहम्मद र कपिलवस्तुको  शुद्धोधन गाँउपालिका –२ नन्दपुर बस्ने जमाल मुसलमान  रहेका छन् ।

उनीहरुलाई  नवलपरासीको  रामग्राम नगरपालिका– ५ बुद्धचोकबाट पक्राउ गरिएको र उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र  भारतिय ५० को १७ थान नक्कली नोट बरामद गरिएको  प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।  

उनीहरुविरुद्ध मुद्रा सम्बन्धी (नक्कली नोट) कसुरमा मुद्दा दर्ता गरी नवलपरासी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप