१२ वर्षमा एक पटक लाग्ने पनौतीको मकर मेला, तस्बिरमा हेर्नुहाेस्
शनिबार, ०१ माघ २०७८, ११ : ३१
१२ वर्षमा एक पटक लाग्ने पनौतीमा मकर मेला सुरु भएको छ । एक महिना लामो मेला भर्न बिहानैदेखि मानिसहरू त्रिवेणी घाट मा पुगेका थिए । रूद्रावती, पुण्यमाता र रोसी खोलाको दोभानमा स्नान गरेमा पाप कट्ने जनविश्वास रहेको छ ।
मकर सङ्क्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश भएपछि १२ वर्ष मा यो मेला सुरु हुन्छ । त्रिवेणी घाट मा स्नान गरेर बासुकी नाग देवताको पूजा गरी गोरखनाथ मन्दिरसम्म पुग्ने गर्दछन्। इन्द्र देवताले १२ वर्ष सम्मको तपस्या र आराधना गरी पापबाट मुक्ति पाएको जनविश्वास रहेको छ ।