सि.जी.ले ल्यायो आकर्षक यस्ता नयाँ मोबाइल
काठमाडौं – सि.जी. मोबाइलको बढ्दो ब्यापारलाई मध्यनजर गर्दै देशका हरेक वmुनाका ग्राहकलाई समावेश गर्ने उद्धेश्य सहित कम्पनीले आफ्नो फिचर फोन बिधामा नयाँ मोडल सार्वजनिक गरेको छ । एस्ट्रो टी १८ यो फोन धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।
सि. जी. मोबाइलस्ले एस्ट्रो टी १८ ग्राहकको चाहना अनुसार बजारमा ल्याएको हो । यसमा एक पोइन्ट ८ स्किृन डिजिटल क्यामरा एफएम टच लाइट जिपिआरएस लगायत रहेको छ । हजार एम्.ए.यच् ब्याटी समेत रहेको कारण अन्य मोडल भन्दा भिन्न रहेको कम्पनीको दावी रहेको छ । यसमा ८ जिबी मेमोरी थप्न सकिने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।
मोबाइलको थप विशेषता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको छ । यस मोडलकोे बजार मूल्य एक हजार, ९९ तोकिएको छ । मोबाइल तीन आकर्षक रँगमा उपलब्ध रहेको जनाएको छ ।
कम्पनीलाई अभैm बढी विश्वासीलो र भरपर्दाे बनाउन नयाँ मोडलमँ सयदिनको सटही नीतिको साथ ल्याइएको छ जुन निति बजारमा ल्याउने सि. जी. मोबाइलस् पहिलो कम्पनी हो ।