मेडिकल काउन्सिलको विशेष परीक्षा माघ २१ र २२ गते
बिहीबार, ०६ माघ २०७८, १२ : १४
नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा माघ २१ र २२ गते गर्ने भएको छ । कोरोना महामारी बढेको भन्दै यसअघि स्थगित काउन्सिलले परीक्षा स्थगित गरेको थियो । काउन्सिलले बिहीबार सूचना जारी गरी स्थगित परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुने जानकारी दिएको हो ।
यसअघि काउन्सिलले माघ १४ र १५ गते परीक्षा लिने तय गरेको थियो । परीक्षामा सामेल हुन चाहने चिकित्सकले माघ ७ अर्थात् शुक्रबारसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।