गजल : चुनाव आउँदा
शनिबार, ०८ माघ २०७८, ०६ : ५८
चुनाव आउँदा घर गाउँमा राजनीति तुफान चल्छ
घोषणा पत्र, एजेण्डामा देश निर्माणको बखान चल्छ
नारा, जुलुस घन्काउँछन् गाउँ बस्ती चोक चोकमा
पार्टी बीचमा होडबाजी र प्रचारबाजी उठान चल्छ
झुक्याउनलाई दौडधूप गरीबका ती झुपडीमा
झूटा सिद्धान्तका चिप्ला भाषण रटान चल्छ
सत्ता, भत्ता कुर्सी खेलमा विगत त्यसै खेर फाली
खै त क्रान्ति ? त्यही सोधखोजको विधान चल्छ
ईमानमा चल्न सके पाउँछन् विश्वास जनताको
हार जित कसको भन्दै अभिमतको किटान चल्छ
खजुरा, बाँके