आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामको प्रश्न : १० महिनासम्म चुनावमा अल्झिनु कति उपयुक्त ?

आइतबार, ०९ माघ २०७८, ०७ : ०९
आइतबार, ०९ माघ २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका छन् । प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको उनले बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन् –  चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । मुख्य मुद्दा यो हो: ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला? बिरालो बाँधेर श्राद्ध गरिरहने? पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप