आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित
मङ्गलबार, ११ माघ २०७८, १८ : ०७
कोरोना महामारीका कारण नेपाल आयुर्वेद चिकित्सक संघले दशौं महाधिवेशन स्थगित गरेको छ । यही माघ २१ र २२ गतेको लागि पूर्व निर्धारित दशौं राष्ट्रिय महाधिवेशन हाललाई स्थगित गरिएको हो ।
मंगलबार एक सूचना जारी गर्दै संघले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको भएपनि स्थगित गरिएको जानकारी दिएको हो । साथै सदस्यता नवीकरण, नयाँ सदस्यता विवरणको कार्य नरोकिएकोले सम्पूर्णलाई सदस्यता नवीकरण, नयाँ सदस्यता विवरणको कार्य नरोकिएकाले समेत संघले जनाएको छ ।