सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शिक्षक बढुवाका लागि दरखास्त आह्वान

बुधबार, १२ माघ २०७८, ०७ : २५
बुधबार, १२ माघ २०७८

विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुने भएको छ । शिक्षा सेवा आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । 

आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा पूर्ति गर्नुपर्ने भएकाले २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पुरा गरेका सम्भाव्य उम्मेदवारहरूले आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा https://online.tsc.gov.np/ बाट र कार्यसम्पादन मूल्याङ्कनको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेस गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप