सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली केरा जुन सक्कली सुपर फुड प्रमाणित हुनसक्छ

सोमबार, १७ माघ २०७८, १६ : ५९
सोमबार, १७ माघ २०७८

 

वैज्ञानिकका अनुसार इथियोपियामा पाइने एनसेट नामको फल जलवायु परिवर्तनको यो अवधिमा नयाँ सुपर फुड र जीवन रक्षक सावित हुन सक्छ ।

हालै ‘इनभायोरोमेन्टल रिसर्च लेटर्स’ नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार केरासँग मिल्दो जुल्दो यो प्रजातिले तापमान वृद्धि भइरहेको यो विश्वका १० करोडभन्दा बढी मानिसको पेट भर्न सक्छ । इथियोपियाबाहेक अन्य देश वा इलाकामा यो बोटबारे धेरैलाई थाहा छैन । त्यहाँ यसको उपयोग हलुवा र रोटी बनाउन प्रयोग गरिन्छ । यद्यपि, बोटको केराजस्तो फल खान योग्य हुँदैन ।

अफ्रिकामा यो फल ठूलो परिमाणम उत्पादन गर्न सकिने यो शोधबाट पत्ता लागेको छ । इथियोपियामा आवासा के हवासा युनिभर्सिटीका डा. वेन्डावेक अबेबेले यो प्रजातिलाई खाद्य सुरक्षा र विकासका लागि निकै महत्व दिएका छन् ।

एनसेटलाई नक्कली केरा पनि भनिन्छ । यसलाई केरासँग मिल्दोजुल्दो प्रजाति पनि भनिन्छ । हालसम्म यसको उपयोग इथियोपियाका केही हिस्सामा मात्रै भइरहेको छ ।  

यसको डाँठ र जरामा भरपूर मात्रामा स्टार्च पाइन्छ । यसैले बिरुवाको उक्त हिस्सालाई हलुवा र रोटी बनाउन प्रयोग गर्न सकिन्छ ।

एनसेटको महत्व

एनसेट इथियोपियाको प्रमुख खाद्य पदार्थमा समावेश छ । त्यहाँका लगभग २ करोड मानिस भोजनका लागि यो बोटमा निर्भर छन् ।

यो बोटलाई अन्य स्थानमा रोपिन्नँ तर दक्षिण अफ्रिकाको दक्षिणी दिशामा जतिजति अघि बढ्दै छ, त्यति त्यति यो बोटको फल ठूलो हुन्छ ।  यो विशेषतालाई हेरेर मानिसले यो फल अन्य स्थानमा पनि फलाउन सम्भव भएको मान्यता राखेका छन् ।

कृषि सर्वेक्षण र मोडलको सहारामा वैज्ञानिकले आगामी ४ दशकमा एनसेटमा लुकेको सम्भावनाको अनुमान लगाइएको छ ।

वैज्ञानिकका अनुसार यो बालीले अफ्रिकाको करिब १० करोड मानिसको भोजन आवश्यकता पुरा गर्न सक्छ । यसबाट इथियोपिया, केन्या, युगान्डा र रुवान्डासहित अन्य अफ्रिकी देशसम्म खाद्य सुरक्षाको विस्तार हुनसक्छ ।

रोयल बोटानिक गार्डनको अनुसन्धानकर्मी जेम्स बोरेलले भनेका छन्, ‘बाली खाली भएको समयमा यो एनसेट बिरुवा लगाउन सकिन्छ । यसबाट खाद्य सुरक्षा पनि प्राप्त हुन्छ ।’

डा. बोरेल भन्छन्, ‘यी बिरुवामा वास्तवमै यस्तो गुण हुन्छन् जसबाट यो बिलकुल अचम्मको बाली हुन सक्छ । जस्तै कि यसलाई कुनै पनि मौसममा लगाएर भित्र्याउन सकिन्छ । यो बाह्रमासे फल हो । त्यसैले मानिसले यसलाई भोकबाट बचाउने रुख भन्छन् ।’

नयाँ खाद्य बाली खोज्न आवश्यकता

इथियोपिया यस्तो अफ्रिकी देश हो जहाँ कयौँ उपयोगी बिरुवाको विकास भएको छ । जस्तै कफी ।

जलवायु परिवर्तनका कारण पुरै अफ्रिका र यसबाहिर पनि प्रमुख खाद्य बालीको उत्पादन र यसको विस्तारमा गम्भीर असर पर्ने अनुमान गरिन थालेको छ ।

सिमित बालीमा मानिसको निर्भरतालाई मध्य नजर गर्दै भोकबाट विश्वलाई बचाउनका लागि नयाँ–नयाँ बिरुवाको खोजी तीव्र रुपमा भइरहेको छ । हामी दैनिक जति क्यालोरी खान्छौ त्यसको आधा हिस्सा केवल मकै, गहुँ र चामलबाट पूरा हुने गर्छ । यस बारे डा. बोरेलले भनेका छन्, ‘पुरा विश्वमा हाल जतिपनि प्रजातीको उपयोग हुन्छ हामीले त्यसमा विविधता ल्याउन आवश्यक छ ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप