बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जापान र युनिसेफद्वारा नेपाललाई खोप कोल्ड चेनसहित स्वास्थ्य उपकरण सहयोग

मङ्गलबार, १८ माघ २०७८, ०७ : ४३
मङ्गलबार, १८ माघ २०७८

१७ माघ,काठमाडौँ । जापान सरकारले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत नेपाललाई खोप कोल्ड चेन प्रणालीको सबलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ । जापान सरकारले कोरोना विरुद्धको खोप विस्तारको लागि गत वर्षदेखि जनवरीसम्म ३० सम्म उपकरण नेपाललाई सहयोग गर्दै आएको थियो । जापान सरकारले कोरोनाविरुद्धको खोप विस्तारका  लागि ९ वटा वाक इनकुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सीन रेफ्रिजेरेटर, ११०९ वटा लंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्ड बक्सहरू सहयोग गरेको छ । यी उपकरणहरू गत वर्ष देखि नै देश भरी नै क्रमबद्धरुपमा आपूर्ति गर्दै आएको थियो । जनवरी ३० देखि सबै उपकरणहरू उपलब्ध गराउने कार्य सम्पन्न गरेको छ । यस्तै जापान सरकारले कोल्ड चेनको मर्मत तथा नियमित खोपको प्रभावकारी व्यवस्थापनको लागि आवश्यक मानव संसाधन विकास गर्नमा पनि यस अनुदान सहायताले सहयोग पुर्‍याउँदै आएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो हुनुका साथै कम खर्चमा स्थापित गर्न सकिने खालको भएको बताएका छन् । 

“उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो, तुलनात्मक रूपमा छिटो र कम खर्चमा स्थापित गर्न सकिने खालको छ, सौर्य ऊर्जाबाट सञ्चालित रेफ्रिजरेटरहरूले विद्यूतको आपूर्तिको अनियमितताबाट उत्पन्न समस्या समाधान गर्न उपयोगी हुन्छन् भने क्यारियर्स र बक्सहरू यातायातको सुविधा नभएका ठाउँमा खोप वितरणमा सहयोगी हुन्छन् । मलाई आशा छ यो सहायताले खोपको पर्खाइमा रहेका हरेक व्यक्तिसम्म खोप पुर्‍याउने कार्यलाई गति दिनेछ,” राजदूत किकुता भने ।

कोभिड १९ विरुद्धका कार्यहरूलाई बल पुर्‍याउन जापानले हाल सम्म खोप, एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल र कोल्ड चेन उपकरणहरू उपलब्ध गराएको छ । यसका अतिरिक्त, हालै आर्थिक पुनर्लाभ, आर्थिक वृद्धि र सामाजिक उत्थानशीलताको लागि नेपाल सरकारलाई दश बिलियन जापानिज येन (करिब १०.४ अरब नेपाली रुपैयाँ) सम्म उपलब्ध गराउने जापान सरकारले निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप