सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी, गणक मात्रै २१० जना आवश्यक

मङ्गलबार, १८ माघ २०७८, ०८ : ५६
मङ्गलबार, १८ माघ २०७८

काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ । ​महानरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ  ।

सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा  प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । 

१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप