आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीपी कोइराला प्रतिष्ठानमा उपचाररत कोभिड सङ्क्रमितको मृत्यु

मङ्गलबार, १८ माघ २०७८, ११ : ५०
मङ्गलबार, १८ माघ २०७८

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ सङ्क्रमितको सोमबार राति मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान–८ निवासी ५२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

गत माघ १६ गते पीसीआरबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि ती महिला १७ गते अस्पताल भर्ना भएकी थिइन् । पोखरेलका अनुसार उनले कोरोनाविरुद्धको खोप पनि लगाएकी थिइन् । तर उनी मिर्गौलासम्बन्धी रोग तथा मधुमेहको समस्याबाट पीडित थिइन् । उनको शवको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप