आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोदी सरकारको बजेटलाई सेयर बजारको स्वगत, उछालियो भारतीय सेयर बजार

मङ्गलबार, १८ माघ २०७८, १३ : ५६
मङ्गलबार, १८ माघ २०७८

नरेन्द्र मोदी सरकारले ल्याएको चालू वर्ष २०२२/२३ को बजेटलाई भारतीय सेयर बजारले स्वागत गरेको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले करिब २ घन्टा लगाएर गरेको बजेट भाषणलाई भारतीय सेयर बजारले स्वागत गरेको हो ।

बजेट भाषण लगत्तै बम्बइ स्टक एक्सचेञ्ज (सेन्सेक्स) ८७९ अंकले बढेर ५८ हजार ८९३ अंकमा पुगेको छ । यस्तै, नेश्नल स्टक एक्सचेञ्ज (निफ्टि) २३४ अंकले बढेर १७ हजार ५७४ अंकमा पुगेको छ ।

वित्त मन्त्री सितारमणले बजेट भाषण गर्दैगर्दा सेयर बजारमा निरन्तर उछाल आइरहेको थियो । लोकसभामा बजेट भाषण चल्दै गर्दा सेन्सेक्स बढेर ९०० अंकसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप