बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा चार लाख बढीले बुस्टर डोज खोप लगाए

मङ्गलबार, १८ माघ २०७८, १७ : ५५
मङ्गलबार, १८ माघ २०७८

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको बुस्टर खोप चार लाख बढिले लगाएका  छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ४ लाख ४ हजार ३३३ जनाले बुस्टर डोज लगाएका हुन् । 

सरकारले माघ ४ गतेदेखि फ्रन्टलाइनर, ६० वर्षभन्दा माथिका उमेर समूह र दीर्घरोगीलाई बुस्टर डोज दिन सुरु गरेको छ । यस्तै, खोप अभियान सरु भएदेखि तीन करोड १६ लाख ४२ हजार ५०३  मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

जसमध्ये एक करोड ४४ लाख सात हजार ७५ जनाले पूर्ण मात्रा लगाएका छन् । कम्तीमा एक मात्रा एक करोड ६८ लाख ३० हजार ३९५ जनाले एक मात्रा लगाइसकेका छन् । 

कुल जनसङ्ख्याको ४७.४ प्रतिशतले पूर्ण मात्रा र कम्तीमा एक मात्रा ५५.४ प्रतिशत लगाएका छन् । यस्तै, १८ वर्षभन्दा माथिका ७२.३ प्रतिशत पूर्ण मात्रा र ८४.५ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप