बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

झापा र मोरङमा कुष्ठरोगको जोखिम

मङ्गलबार, १८ माघ २०७८, १९ : २२
मङ्गलबार, १८ माघ २०७८

प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन् । 

प्रदेशमा रहेका ३८५ जना नयाँ कुष्ठरोगीमध्ये झापामा १६४ र मोरङमा १०३ जना र सुनसरीमा २९ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्य जिल्लामा भने नगन्य रुपमा रहेका छन् । कार्यालयका कुष्ठरोग फोकल पर्सन तारादेवी सुवेदीले प्रति १० हजार जनसङ्ख्यामा बिरामीको प्रकोप दर झापामा १ दशमलव ४२ र मोरङमा १ दशमलव २१ रहेको छ । यी दुवै जिल्ला उच्च जोखिममा रहेको उनको भनाइ छ ।

कुष्ठरोगलाई सन् २०३० सम्ममा शून्य बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । उहाँले कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचारप्रसार गर्ने, बिरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलव्धता बारेमा जानकारी गराउने, कुष्ठरोगको शङ्का लागेका बिरामीलाई स्वास्थ्य संस्थामा पठाइ रोग निदान र उपचारमा सहयोग पु¥याउने, बिरामी र प्रभावितलाई आफ्नो परिवार र समुदायमा भेद्भाव हुन नदिन रोगबारेमा सत्यतथ्य जानकारी दिइने उनको भनाइ छ । 

उनले मानव अधिकारको सम्मान गरी भेद्भाव हटाउने, कुष्ठरोगविरुद्धको विभेदकारी कानुनको उन्मूलन गर्न तीन तहको सरकारसँग पहल गर्ने जानकारी दिए । जनस्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलले कुष्ठरोग सुरुवा रोग भएका कारण विशेषगरी बाक्लो बस्तीमा बस्ने तराईमूलका समुदाय, विपन्न परिवारमा बढी देखिने गरेको बताए । 

प्रदेश नम्बर १ का कुष्ठरोगीको पहिचान गरेर नियमित औषधि खुवाउने र जटिल समस्यामा भएमा धुनषा जिल्लाको लालगढ र काठमाडौँ आनन्दवन अस्पताल उपचारका लागि पठाउने गरेको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप