सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

बुधबार, १९ माघ २०७८, ०७ : १८
बुधबार, १९ माघ २०७८

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३७ पैसा र बिक्री दर ११९ रुपैयाँ ९७ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ ६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १५ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५७ पैसा र बिक्री दर ८४ रुपैयाँ ९९ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६६ रहेको छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप