आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के प्रेममा छिन् सुरविना ?

बुधबार, १९ माघ २०७८, ११ : ०८
बुधबार, १९ माघ २०७८

अभिनेत्री सुरविना कार्कीले हालै फिल्म ‘काँडेतार’ छायांकन सकाएकी छन् । नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनी मुख्य भूमिकामा छिन् ।
फिल्म अभिनय लगातार गरेपनि अपेक्षाकृत सफलता हात पार्न नसकेकी उनी पछिल्लो समय प्रेममा रहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक संजालमा गरेको पछिल्ला पोस्टले पनि त्यस्तै संकेत गर्दछ ।

हालै उनले सामाजिक सञ्जालमा ‘बाँचौं, हासौं र माया गरौं’ भनेर पोष्ट गर्दै आफ्ना केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा उनको बिन्दास अन्दाज देख्न सकिन्छ । नेपाली फिल्म अभिनयको अलवा उनी बलिउड अभिनयका लागि केही अगाडि भारत समेत छिरेकी थिइन् । त्यहाँ उनी केही काम गर्न समेत सफल भइन् । तर कोरोना सङ्क्रमण फैलिए लगत्तै उनी नेपाल फर्किएकी थिइन् ।

अहिले म्युजिक भिडियो र केही विज्ञापन समेत अभिनय गरेकी उनले एउटा हिन्दी गीत समेत अभिनय गरेकी छन् । ‘नाडे नाडे’ बोलको उक्त गीत जी म्युजिक कम्पनीले केही अगाडि सार्वजनिक गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप