मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरस्वती पूजाका लागि माटोका मूर्ति बनाउन व्यस्त कलाकार (फोटोफिचर)

बुधबार, १९ माघ २०७८, १२ : १३
बुधबार, १९ माघ २०७८

मधेस प्रदेश अर्थात मिथिलाञ्चलमा यसवर्ष माघ शुक्ल पञ्चमी अर्थात सरस्वती पूजा (वसन्त पञ्चमी) दुई दिन मनाइने भएको छ । प्रदेशमा शनिबार र आइतबार वसन्त पञ्चमी मनाउन लागिएको हो ।  सोही सिलसिलामा सरस्वती पूजालाई मध्यनजर गर्दै अहिले कुम्हाल समुदाय मूर्ति बनाउनमा निकै व्यस्त देखिन्छ । सो समुदायका सदस्यहरु मूर्ति बनाउनका लागि करिब दुई सातादेखि व्यस्त देखिन्छन् ।

जनकपुरधाम उपमहानगरका करिब १८ स्थानमा मूर्तिकारहरु दिनरात मूर्ति बनाउनमा व्यस्त छन् । जनकपुरधामको शुक्रबारी हटिया, विद्यापति चोक, क्याम्पस चोकलगायत विभिन्न क्षेत्रमा मूर्तिकारहरु काममा व्यस्त छन् । 

मूर्तिकार उत्तिमलाल पण्डितका अनुसार यसअघि उनले सरस्वती पूजाको समयमा करिब एक सयभन्दा बढी मूर्ति निर्माण गर्थे । तर अहिले करिब ५० वटा मूर्ति मात्र पनि बिक्री वितरणमा समस्या उत्पन्न भएको उनको भनाई छ ।

कोरोना समक्रमणअघि मूर्ति बनाएर मनग्य आयआर्जन भएपनि अहिले परिस्थिति बदलिएको उनको भनाई छ ।  पण्डितले विगतमा प्रतिमूर्ति अधिकतम ४० हजार रुपैयाँदेखि न्यूनतम पाँच हजार रुपैयाँसम्म लिने गरेको बताए ।
मिथिलाञ्चलमा मनाइने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप