सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा परेको थियो विश्वकै लामो चट्याङ, तोडियो रेकर्ड

बुधबार, १९ माघ २०७८, १६ : ४६
बुधबार, १९ माघ २०७८

अमेरिकाको दक्षिणी  राज्यमा आकाशबाट ७६७ किलोमीटर लामो चट्याङ परेको थियो । यो चट्याङ अमेरिकाका तीन राज्यमा देखिएको थियो । यसले यसअघिका सबै रेकर्ड तोडेको छ । यो चट्याङलाई ‘मेघा फल्यास’ नाम दिइएको छ ।

यो घटना २०२० को अप्रिल २९ को हो  । यसलाई स्पेस प्रविधिबाट मापन गरिएको थियो । यो मेघा फ्ल्यास ७६७ किलोमिटर लामो थियो जुन न्युयोर्क, कोलम्बस र ओहियोको कुल दुरी बराबर थियो ।

मेघा फ्ल्यास सामान्य चट्याङ परे जस्तो हुँदैन । यो अत्यन्त तीव्र गतिमा हुने गर्छ ।

एक विशाल आँधीले मेघा फ्ल्यासलाई सयौँ किलोमीटर टाढासम्म जानका लागि मद्दत गर्छ र यसकारण १० सेकेन्ड भन्दा बढी समयसम्म आकाशमा प्रकाश रहिरहन्छ । यो मेघा फ्ल्यास ह्युसटनको दक्षिणी हिस्सामा परेको थियो ।

उरुग्वे र उत्तरी अर्जेन्टिनाको बीचमा परेको अर्को एउटा मेघा फ्ल्यासलाई मान्यता

मंगलबार विश्व मौसम विज्ञान संस्थानले यसलाई विश्वकै लामो चट्याङको संज्ञा दिएको छ । यसअघि रेकर्ड स्थापित  गरेको चट्याङभन्दा यो ६० किलोमीटर बढी थियो ।

यसअघिको सबैभन्दा लामो चट्याङ अक्टोबर सन् २०१८ मा ब्राजिलमा परेको थियो ।

विश्व मौसम विज्ञान संस्थानले उरुग्वे र उत्तरी अर्जेन्टिनाको बीचमा सन् २०२० को जुनमा देखिएको अर्को एउटा मेघा फ्ल्यासलाई पनि मान्यता दिएको थियो । यो मेघा फ्ल्यास  सबैभन्दा लामो समयसम्म आकाशमा रहेको थियो । यो करिब १७.१ सेकेन्ड सम्म रहेको  थियो । यसले अर्जेन्टिनाको सन् २०१९ मा देखिएको १६.७३ सेकेन्डको मेघा फ्ल्यासको रेकर्ड तोडेको थियो । नयाँ रेकर्डलाई अब बुलेटिन अफ अमेरिकन मेट्रोलोजिकल सोसाइटीमा प्रकाशित गरिएको छ ।

अमेरिकाको समथर स्थानमा प्राय तुफान आउने गर्छ

अमेरिकाको यो मैदानी क्षेत्रमा र ल्याटिन अमेरिकाको ला प्लाटा बेसिनमा प्रायः जोडदार आँधी आउने गर्छ । यस अवधिमा बिजुली पनि चम्किन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप