सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि प्रणाली बिस्तार हुँदै

बुधबार, १९ माघ २०७८, १८ : २८
बुधबार, १९ माघ २०७८

लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि प्रणाली बिस्तार हुँदै गएको पाइएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी प्रदेशमा २३ हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा विभिन्न बालीगत बस्तु बिस्तार भएको छ भने ३० हजार पाँच सयवटा बाख्रा र १३ हजार चार सयवटा मौरीका घार थपिएको सरकारी तथ्याङ्क रहेको छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत प्रदेशमा रहेका पाँचवटा सुपर जोन र २७ वटा जोनका कार्यक्रमबाट क्षेत्र बिस्तार भएको हो ।  उक्त सुपर जोन अन्तरगत मकैदेखि कफी सम्म खेतीको विस्तार भएको  दाबी गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका वरिष्ठ कृषि अधिकृत, नारायण काफ्ले परियोजनाले हरेक वर्ष जोन र सुपरजोनमा व्यावसायिक किसान सँगसँगै  काम गर्दा यसरी क्षेत्र बिस्तार भएको  हो ।

उनले चार हजार पाँच सय ४६ वटा परियोजनामा आबद्ध सहकारी, समूह, निजी उद्यमी र व्यवसायी यसका लाभग्राही  भएको दाबी गरेका छन् । यता  सरकार एकपछि अर्को कृषिसँग जोडेर काम गरेको दाबी गरे पनि किसानहरूले स्वदेशी हाइब्रिड बीउ बजारमा सहजै उपलब्ध  नभएको गुनासो गर्दछन् । 

किसानहरूले  स्वदेशमा  बीउ सहज रूपमा नभएपछि स्वीकृत नभएका भारतीय बीउमा परनिर्भरता बढाएको  गुनासो  रुपन्देहीको सैनामैनाका किसान रामबहादुर चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप