सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सगरमाथाको हिमनदी तीव्र गतिमा पग्लिँदै : अध्ययन

शनिबार, २२ माघ २०७८, ०६ : ३१
शनिबार, २२ माघ २०७८

जलवायु परिवर्तनले सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययनले देखाएको छ । मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीका अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीले १८० फिटभन्दा बढी हिउँ गुमाएको हो ।

करिब २५ हजार ९३८ फिटको उचाइमा रहेको सो हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी तीव्र गतिमा पात्लिँदै गएको उनीहरूको भनाई छ । विश्वमा बढ्दो तापक्रम र तीव्र गतिको हावालाई यसको प्रमुख कारण मानिएको छ ।

सन् १९९० यता हिमनदीमा बन्न २ हजार वर्ष लागेको बरफ पग्लिसकेको शोधकर्ताहरूले बताएका छन् । हिमनदीको बाक्लो बरफको पत्र पग्लिएर त्यस तल रहेको कालो भागलाई सूर्यमा उजागर गर्दै पग्ली प्रक्रियालाई थप तीव्र बनाएको पनि उनीहरूले बताएका छन् ।

१० जना वैज्ञानिकहरूको सो हिमनदीमा पुगेर अध्ययन गरेका थिए । उनीहरूले त्यहाँ विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना पनि लिएर आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप