बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता : देख्छु सबै खुशी कति

शनिबार, २२ माघ २०७८, ०७ : १७
शनिबार, २२ माघ २०७८

देख्छु सबै खुशी कति
हुन्छु म मात्र किन दुःखी ? 
छ मसँग चाहिने सबै भौतिक सुख, सम्पत्ति 
तर छैन मनमा चैन, न त शान्ति 
देख्छु सडक पेटीमै सुतेका हुन्छन् मस्तसँग 
न हुन्छ ओढ्ने, न त हुन्छ ओछ्याउने नै 
धर्ती छ ओछ्याउने, अनि आकाश छ ओढ्ने 
न गाँसको ठेगान छ, न त बासकै 
न छ उसको अघि, न छ कोही पछि नै 
तर पनि देख्छु, सधैं कति खुशी ?
आखिर भौतिक सुख भन्दा त, 
चाहिंदो रहेछ मनको शान्ति नै ।
भौतिक सुख त किन्न सकिन्छ पैसाले  
तर किन्न सकिंदो रहेनछ, मनको शान्ति  
भौतिक सुख त खोसेर लिन सकिन्छ कसैबाट
तर खोसेर लिन सकिदो रहेनछ
मनको शान्ति कसैबाट ।
महशुस गर्नुपर्दो रहेछ, 
मनको शान्ति अन्तस्करणले नै । 
बनाउँछ मानिसलाई सुखी र सन्तुष्टी, 
मनको शान्तिले गर्दा नै । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप