बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शुन्यतामा खोजी गरिरहेछु

शनिबार, २२ माघ २०७८, १३ : १५
शनिबार, २२ माघ २०७८

 

म शुन्यतामा खोजी गरिरहेछु, 
यहाँ भीडको कुरा नगर न माया 
भीड भड्किनु त ध्रुब सत्य हो,
कैले मिलन कैले बिछोड 
कुरा नगर न माया ।
म अचेल सुन्य सुन्य प्रायः छु, 
भर्ने ठाउँ नभएकै हो त माया
गोताखोर जस्तै 
खोज्न पनि कला नै चाहिने
आजकल त सङ्गीतको झंकारले पनि 
झड्का हान्न छोडेको छ
चट्टानका फेदहरु जस्तै 
तिम्रै काख जमाएर बस्दिम् कि माया
भर्नु छ सुन्यता, अनि सङ्गीत जीवनको 
एउटा अजम्बरी गीत बनाइदिऊँ कि माया ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप